कांग्रेस नेता भण्डारीको पहलमा गुल्मीमा स्वास्थ्य सामग्री वितरण

प्रकाशित मिति:

गुल्मी –  देश अहिले कोरोना महामारीको महा विपदमा छ । महामारीको अवस्थामा जनतालाई साथ दिन संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता डा। चन्द्र भण्डारीको पहलमा गाउँ–गाउँ र टोल–टोलमा पुग्ने अभियान संचालन गर्नुभएको छ ।नेता भण्डारीको पहलमा गुल्मी क्षेत्र नं. १ र २ का सबै स्वास्थ्य चौकी र गाउँ–गाउँमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

कोरोनाका कारण धेरैले ज्यान गुमाउनु परेको र धेरै संक्रमित भै हस्पिटलको शैयामा छट्पटाई रहेको यो संकटको घडीमा थोरै भए पनि मलम लगाउन सकिन्छ कि भनेर स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री अभावमा कुनै व्यक्तिले ज्यान गुमाउन नपरोस् र स्वास्थ्यकर्मीले जोखिम मोल्न नपरोस भनेर नेता भण्डारीले स्वास्थ्य सामाग्री पठाएको क्षेत्र नं. १ का सचिव सन्तोष गौतमले बताउनु भयो । बिहीबार क्षेत्र नं.२ को लागि ४० हजार मास्क, ५ लिटरका ४० गेलिन सेनिटाइजर र ४० वडा पल्सअक्सिमिटर पठाएका हुन् । यस अघि क्षेत्र नं.१ का सबै वडाहरुमा स्वास्थ्य सामग्री वितरण गरिसकिएको बताइएको छ ।नेता भण्डारीले क्षेत्र नं.२ का सबै वडाहरुमा स्वास्थ्य सामग्री पठाई सहयोग गरेकोमा पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले धन्यवाद दिनुभयो । जनताको जिवन रक्षा गर्न नेता भण्डारीले थोरै भएपनि सहयोग गरेकोमा जनतासंग कांग्रेस पार्टीसंगै छ भने कुरा पुष्टि भएको उहाँले बताउनु भयो । जिल्लामा ठूलो विपत्त आइपर्दा पनि कांग्रेस सधै जनता संग रहेको दाबी गर्नुभयो । उहाँले कोरोना नियन्त्रण गर्न सरकारले ध्यान नदिएर जनताको जिवनसंग खेलबाड गरेको आरोप लगाए ।

कोरोना भाइरस समुदाय स्तरमा फैलिएको हुँदा जनताले स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गर्नुपर्ने जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले बताउनु भयो । कोरोना भाइरसलाई कसैले पनि सामान्य नठान उहाँले आग्रह गर्नुभयो जिल्लामा ठूला विपत्त आइपर्दा पनि गुल्मी कांग्रेस सधै जनतासंग रहेको उहाँले बताए । वडाका विपन्न वर्गलाई विशेष प्रथामिकतामा राखेका स्वास्थ्य सामग्री वितरण गर्न वडा सभापतिलाई पन्थीले निर्देशन समेत दिनुभयो ।स्वास्थ्य सामग्री वितरण गर्न पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, सचिब खिलध्वज पन्थी, नेपाली क्षेत्र नं। १ का सचिव सन्तोष गौतम, नेता लोकप्रसाद खरेल, कालीगण्डकी सहसंयोजक अशोक ठकुरी, मालिकाका छाया सरकार प्रमुख उपेन्द्र अर्याल सहितको टोली गएको थियो ।