अष्ट्रेलियाविरुद्ध नेपाली टोलीमा ४ खेलाडि परिवर्तन

प्रकाशित मिति:

काठमाडौं, जेठ २८ । अष्ट्रेलियाविरुद्ध भएको विश्वकप तथा एसियन कप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आफ्नो टोलीमा ४ परिवर्तन गरेको छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मिडफिल्डमा दुई सहित कुल ४ खेलाडी परिवर्तन गरेका हुन्। विशाल राई र एरिक विष्ट मिडफिल्डमा ल्याइएको छ। यता, डिफेन्समा गौतम श्रेष्ठ र आक्रमणमा नवयुग श्रेष्ठ सुरुवाति टोलीमा छन्।

यस्तै, अन्जन विष्ट, दीनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन्। गोलरक्षकमा कप्तान किरण चेम्जोङ तथा सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले नै निरन्तरता पाएका छन्। मिडफिल्डमा पुजन उपरकोटीलाई एरिक र विशाल ले साथ दिनेछन्। नवयुग श्रेष्ठले सुमन लामा र सुनिल बलको साथ पाउनेछन्।