कुकुरले पुच्छर हल्लाउँनुका रोचक कारण

प्रकाशित मिति:

कुकुर त देख्नु भएकै छ । सामान्यतया सबै कुकुरको पुच्छर हुन्छ । फरक यति हो कुनै कुकुरको पुच्छर लामो त कुनैको छोटो हुन्छ । जो उसले सधैं हल्लाइरहेको हुन्छ । तर कसरी उसले पुच्छर हल्लाउँछ त रु अनि किन पुच्छर हल्लाउँछ होला ।

कुकुरले डराएको बेला पुच्छर टाङ मुनि लुकाउँछ । तर खुसी भएको बेलामा भने यसले आफ्नो पुच्छर हल्लाउने गर्दछ । प्रायः सबै कुकुरको पुच्छर एकै प्रकारले बनेको हुन्छ । यो स–साना हाडहरु जोडिएर बनेको हुन्छ । अर्थात हाडहरु माला जस्तै जोडिएर कुकुरको पुच्छर बनेको हुन्छ । यसरी हाडहरुले बनेको पुच्छर थोरै माशंपेशीको मद्दतले पनि कुकुरले उसले चाहे अनुसारको जुनैसुकै दिशामा हल्लाउन सक्छ । पुच्छर हल्लाउँदा कम माशंपेशी प्रयोग हुने भएकाले कुकुरहरु कम थाक्छन् र प्रायः सधैं पुच्छर हल्लाउने गर्दछन् । विभिन्न एजेन्सीको सहयोगमा