पाण्डबखानीमा स्वास्थ चौकी र सम्पूर्ण विद्यालयहरुलाइ रेडक्रस सोसाइटीले थियो १० थान माक्स

प्रकाशित मिति:

सुरेश छन्त्याल- पाण्डबखानी, विश्व व्यापी रुपमा फैलिरहको कोरोना भाइरस कोभिड ज्ञढ लाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङद्धारा १० थान ५ सय पिस माक्स गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको स्वास्थ्य चौकी र सम्पूर्ण विद्यालयलाइ हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा गलकोट नगरपालिका १० पाण्डबखानीका सभापति भक्त काउचाले जानकारी दिनु भयो।

त्यस्तै गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तिले यस्तो माहामारीको समयमा रेडक्रसले प्रत्येक विद्यालय स्वास्थ संस्थामा माक्स उपलब्ध गराएकोमा रेडक्रसलाई धन्यवाद दिदै आगामी दिनहरुमा यस्तै सर्णिय कार्यको अपेक्षा समेत गर्नु भयो। विसं २०२० भदौ १९ गते रेडक्रस अभियानको अंगको रूपमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो । रेडक्रसका प्रदेश, जिल्ला शाखा र युवाहरुले विभिन्न कोभिड–१९ को विषयमा चेतनामूलक अनलाइन गतिविधिमा जोड दिई वा भौतिक दूरी कायम राखी आयोजना गरिरहेका छन् ।