वीपी स्टडी युथ सर्कलले भोलिदेखि बुटवलका विपन्न घरपरिवारलाई राहत वितरण गर्दै

प्रकाशित मिति:

बुटवल । वीपी स्टडी युथ सर्कलले भोली देखि रुपन्देहीको बुटवल उपमहानगरभित्रका अति विपन्न घरपरिवारलाई राहत वितरण गर्ने भएको छ । सर्कल बुटवल नगर समितीको आयोजना र प्रदेश समितिको समन्वयमा विपन्न घरपरिवारलाई राहत वितरण गर्ने भएको हो ।

कोरोना महामारी र निषेधाज्ञाले मारमा परेका परिवारलाई केही हदसम्म भएपनि चुल्हो बाल्न राहत मिल्ने अभियान्ता बिमल पौडेल बताउँछन् । निषेधाज्ञा अवधी भर सर्कलले रुपन्देहीका विभिन्न क्षेत्रमा राहत वितरण गर्दै आएको छ ।