‘समृद्ध प्रदेश, सुखी जनता’को नारा अनुसार काम भएन् : क्षेत्री

प्रकाशित मिति:

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले लुम्बिनीको प्रदेशको नीति तथा कार्यक्रम जनताले आफ्नो भन्न पाए कि पाएनन् भने प्रश्न गरेकी छिन् । लुम्बिनी प्रदेशको आठौ अधिवेशनको छैठौं बैठकमा बोल्दै उनले ‘समृद्ध प्रदेश, सुखी जनता’को नारा अनुसार काम नभएको बताईन् ।

‘यो समृद्ध प्रदेशका जनता आज बिहान साझँ खान नपाएर छट्पटाईरहेका छन्, चार दिन सम्म अन्नको सितो परेको छैन् बनको बन्दमूल खाएर प्राण धानिरहेका छन् ।’ उनले थपिन, ‘प्रदेशका जनताहरु एउटा आईशोलेन पाएका छैनन्, अस्पतालसम्म जान एम्बुलेन्स पाएका छैनन् । एउटै घरका ३/४ जनाले ज्यान गुमाउनु परेको छ । त्यो परिवारलाई पीडा छ । बाचेकोलाई भोली हाम्रो हालत यस्तै हुनेकि भन्ने चिन्ता छ । यही हो त हामिले लिएको नारा ?

उनले सरकारले सकारात्मक सोच लिएर अगाडी बढ्न सुझाव दिएकी छिन् । क्षेत्रीले गाली भित्र अर्ती खोज्न सुझाव समेत दिईन् ।