नेपालमा थपिए ३३८४ कोरोना संक्रमित, ६२९५ जना निको

प्रकाशित मिति:

बुटवल । नेपालमा थप ३ हजार ३८४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७७८ जना पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ३६६ पुगेको छ ।