१४औं महाधिवेशन भदौ १६ बाट सुरु गर्ने काँग्रेसको निर्णय,

प्रकाशित मिति:

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मिति सर्ने भएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले महाधिवेशनको मिति केहि पर सार्ने प्रस्ताव राखेको हो । स्रोतका अनुसार भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने तय भएकाे छ । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म ताेकिएकाे थियो ।

संशोधित कार्यतालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउनु पर्नेछ । त्यस्तै केन्द्रीय समितिले क्रियाशील सदस्यताको अन्तिम सूची असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने छ । कांग्रेसले स्थानीय अधिवेशनहरुको मिति पनि संशोधन गरेको छ । साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ ।