माओवादी केन्द्र कपिलवस्तुका जिल्ला नेताको हत्यामा प्रयोग भएको पेस्तोल बरामद

प्रकाशित मिति:

कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डेको हत्यामा प्रयोग भएको पेस्तोल प्रहरीले बरामद गरेको छ । कपिलवस्तु नगरपालिका–१ आनन्दबाग स्थित कैलाश टोलका पूर्ण वीर पाल्पाली उर्फ मैसिनको घरबाट कटुवा पेस्तोल बरामद गरिएको कपिलवस्तुका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । कटुवा पेस्तोल र दुई राउण्ड गोली सहित ३३ वर्षीय पूर्ण वीरलाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु नगरपालिका–१ बस्ने माओवादी केन्द्रका जिल्ला सदस्य पाण्डेलाई जेठ ५ मा साकिर अलि पाखिया सहितको समूहले गोली हानेर हत्या गरेको थियो । हत्यापछि साकिरले आफूले चलाएको पेस्तोल पूर्ण वीरलाई राख्न दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ