दीपक मनाङेसहित तीनजना आजै मन्त्री नियुक्तिको तयारी !

प्रकाशित मिति:

पोखरा । गण्डकी प्रदेशमा दीपक मनाङेसहित तीन जनालाई आजै मन्त्रीमा नियुक्तिको तयारी छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई नियुक्ति गरिएको र केहीबेरपछि शपथको तयारी भएको प्रदेश प्रमुखको कार्यालय स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार मुख्यमन्त्रीसहित तीन जनालाई आजै मन्त्रीमा शपथको तयारी छ ।मन्त्रीमा माओवादी केन्द्रबाट एकजना, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्रबाट दीपक मनाङेलाई मन्त्रीमा नियुक्तिको तयारी छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार साँझ ७ः३० बजे शपथको कार्यक्रम गर्ने गरी तयारी थालिएको हो ।