भारतीय कोरोनाविरुद्धकाे खोप ‘कोभ्याक्सिन’ले अमेरिकामा पाएन अनुमति

प्रकाशित मिति:

काठमाडौं-अमेरिकाले भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पान गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई प्रयोगको लागि अनुमति दिन अस्वीकार गरेको छ।अमेरिकाको औषधि नियामक संस्था फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडीए०ले आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन अस्वीकार गरेको हो।

भारतको नीति आयोगका सदस्य डाक्टर भीके पलले अमेरिकको फैसलालाई स्वीकार गरिनुपर्ने बताएका छन्।भीके पलका अनुसार भारतीय खोप भरपर्दो छ। यद्यपि, भारतीय र अमेरिकी प्रणालीमा अन्तर भएकाले यस विषयलाई ठूलो रुपमा हेर्नु नहुने उनले बताएका छन्।

कोभ्याक्सिनले नेपालमा भने अनुमति पाएको छ। कोभ्याक्सिन नामको कोरोना विरुद्धको खोप पनि दुई मात्रामा लगाउनुपर्छ। यो भ्याक्सिनको पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्छ।यस्तै, यो भ्याक्सिनलाई उत्पादन मितिले ६ महिनासम्म २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिन्छ।

थप समाचार