युरो कपमा आज तीन खेल, मध्यरातमा बेल्जियम र रुस भिड्ने

प्रकाशित मिति:

युरो कप फुटबलअन्तर्गत शनिबार तीन खेल हुँदैछन्। आ-आफ्नो पहिलो खेलमा वेल्सले स्विट्जरल्यान्ड, डेनमार्कले फिनल्यान्ड र बेल्जियमले रुसको सामना गर्दै छ। समूह ‘ए’अन्तर्गतको खेलमा गत संस्करणमा सेमिफाइनलसम्म पुगेको वेल्स सुखद् सुरुवात गर्ने योजनामा छ। यो समूहको खेलमा शुक्रबार इटालीले टर्कीलाई ३-० गोलले हराएको थियो। यो खेल नेपाली समयअनुसार पौने ७ बजे सुरु हुने छ।

यसैगरि समूह ‘बी’को खेलमा डेनमार्क र फिनल्यान्ड तथा बेल्जियम र रुस खेल्न लागेका हुन्। नेपाली समयअनुसार डेनमार्क र फिनल्यान्डबीचको खेल पौने १० बजे र बेल्जियम र रुसबीचको खेल पौने १ बजे सुरु हुनेछ। फिनल्यान्ड पहिलोपटक युरो कप खेल्दै छ। गोल्डेन जेनेरेसनको बलमा अगाडि बढिरहेको बेल्जियम गत संस्करणका क्वाटरफाइनलसम्म पुगेको थियो।