सरकार विरुद्ध कालो पट्टी बांधेर विरोध प्रदर्शन

प्रकाशित मिति:

रुपन्देहीको सैनामैनामा क्रियाशिल विभिन्न राजनीतिक दलका भातृ संगठन तथा संघ–सस्थाले सरकारविरुद्ध कालोपट्टी नै बाधेर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानविपरीत राष्ट्रघाती कदम चालेको र सांघातिक आक्रमण गरिरहेको भन्दै सरकारको विरोध स्वरुप टाउकोमा कालोपट्टी बांधेर युवा सडकमा उत्रिएका थिए । साथै उनीहरुले सुर्खेतमा गएराति भ्रष्टाचारविरुद्ध अभियानमा लागेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समूहलाई सरकारी पक्षबाट आक्रमण भएको आरोप लगाउंदै घटनाको कडा निन्दा समेत गरेका छन् । उनीहरुले शाही घटनामा संलग्नलाई तुरुन्त कार्वाही नगरे सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । युवाहरुले सरकार वरुद्ध शान्ति सुरक्षा कायम गर, अभियन्ता कुटन पाइंदैन जस्ता नारा समेत लगाएका थिए ।
विरोधमा नेपाली कांग्रेस भातृसंगठन तरुण दल, विपी.स्टडी युथ सर्कल, नेकपा (माओवादी केन्द्र ) योंग कम्युनिष्ट लीग (वाइसीएल) सत्य संजाल सैनामैना लगायतमा आबद्ध युवाको सहभागिता रहेको थियो ।