गण्डकीका नवनियुक्त मुख्यमन्त्रीसहित ४ मन्त्रीले लिए सपथ

प्रकाशित मिति:

पोखरा-गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् ।

मुख्यमन्त्री पोखरेलले शनिवार साँझ प्रदेश प्रमुख गीताकुमारी पौडेलबाट सपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री पोखरेलसँगै ४ जना मन्त्रीले पनि सपथ ग्रहण गरेका छन् । चारैजना मन्त्रीको हाल मन्त्रालय तोकिएको छैन ।

सपथ ग्रहण गर्ने अन्य मन्त्रीहरुमा नेपाली कांग्रेसबाट कुमार खड्का, नेकपा (माओवादी केन्द्र)बाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका तर्फबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ रहेका छन्।