इरिक्सनको स्वास्थ्य अवस्था स्थिर, अस्पताल लगियो

प्रकाशित मिति:

काठमाडौँ । डेनमार्कका फुटबल खेलाडी क्रिस्टियन इरिक्सनको स्वास्थ्य अवस्था स्थिर रहेको यूईएफएले जनाएको छ ।फिनल्याण्डबिरुद्धको खेलको क्रममा मैदानमा ढलेका इरिक्सनलाई अहिले कोपनहेगनस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको युइएफएले बताएको छ ।

त्यस्तै डेनमार्कको फुटबल एसोसियसनले इरिक्सनको अहिले होस् आएको र उनको राष्ट्रिय अस्पताल,आ उपचार भइरहेको जानकारी दिएको छ । मैदानमा ढलेपछि उनको मैदानमै कार्डियोपल्मोनरी रेसुससिटेसन (सिपिआर) गरिएको थियो । त्यसपश्चात उनको होस आएको र उनलाई मैदान बाहिर लगिएको सार्बजनिक भएका तस्वीरमा देख्न सकिन्छ ।

इरिक्सन ढलेपछि युइएफएले डेनमार्क र फिनल्याण्डबीचको खेल स्थगित गरेको छ । युइएफएले स्वास्थ्य आपतकाल परेको भन्दै खेल स्थगित गरेको र अहिले दुवै टिम छलफलमा रहेको जानकारी गराएको छ ।