योगेशको प्रश्न : नेताहरूको अहंकारमा कति पृथ्वी सुब्बाहरू पिल्सिनुपर्ने हो ?

प्रकाशित मिति:

पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले नेताहरूको अहंकार र शक्तिको टकराबमा कति पृथ्वी सुब्बाहरू पिल्सिनु पर्ने हो भन्दै प्रश्न गरेका छन् ।गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्ण चन्द्र पोखरेल नेपाली नियुक्त भएसँगै नेता भट्टराईले शनिवार राति यस्तो प्रश्न गरेका हुन् ।

उनले नेताहरूको अहंकार र शक्तिकै कारण ईन्द्रलाल सापकोटा र विष्णु पन्थी जस्ता कतिले तिरस्कार सहनु र अग्नि परीक्षामा सामेल भइरहनु पर्ने भन्दै अर्को प्रश्न गरेका छन् ।उनले सबै प्रदेशमा दलका काम कारबाहीको पुनः संरचना गर्न ढिला नगर्न समेत सम्बन्धितको ध्यानाकर्षण गराएका छन् ।

उनले भनेका छन्,‘सबै प्रदेशमा दलका काम कारबाहीको पुनः संरचना गर्न ढिला नगरौं ।’