गुरुङ नेतृत्वको सरकार ढलेसँगै मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजीनामा

प्रकाशित मिति:

काठमाडौँ । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन् ।नेकपा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेसँगै मुख्य न्यायाधिवक्ता घिमिरेले राजीनामा दिएका हुन् ।

गुरुङले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीतादेवी पौडेलले शनिबार बहुमत दाबीअनुसार विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

मुख्यमन्त्रीको कानुनी क्षेत्र हेर्ने मुख्य न्यायाधिवक्ता सरकार परिवर्तन भएसँगै राजीनामा दिएर बाहिरिने प्रचलन छ । २०७४ साल फागुन २१ गते घिमिरे गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।

राजीनामा पत्रः