काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

प्रकाशित मिति:

काठमाडौं । काठमाडौं उपत्यकाका फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ । यसका लागि आइतबार दिउँसो ३ बजे बैठक उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।  कोरोना संक्रमण घटे पनि संक्रमण हुनसक्ने जोखिम कामयै रहेकाले निषेधाज्ञा थप लागिएको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ । बैठकले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नसक्ने सम्भावना पनि रहेको छ ।

जारी निषेधाज्ञाको अवधि भोली राति १२ बजे सकिँदैछ ।