मनाङेलाई कटाक्ष गर्दै पृथ्वीसुब्बाले भने- ‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन रैछ’
काठमाडौं । गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा एमाले नेता पृथ्वी सुब्बा गुरुङले आफूलाई राजीव गुरुङ ‘दीपक मनाङे’ले धोका दिएका बताएका छन् । आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै गुरुङले आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको मनाङेले अप्ठेरोमा धोका दिएको बताएका हुन् ।
‘मनाङेलाई मैले सहयोग गरेर चुनाव जिताए, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेँ, सबै छोड्छु, राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेपछि मैले त्यसो गरे । मन्त्री पनि बनाए तर, सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् ।’ गुरुङले भने ।
गुरुङले आफुलाई मनाङेले धोका दिएको बताउँदै भने, ‘रुपान्तरण हुने अवसर हो भन्ने ग्रहण नगरेकाहरुले धोका दिए । धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन रैछ ।’