कमल थापा भन्छन्- ‘भाइरसबाट पार्टी जोगाउन सके राजसंस्था स्थापना हुन समय लाग्दैन’

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केही भाइरसबाट पार्टी जोगाउन सके राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन समय नलाग्ने बताएका छन् । थापाले आइतबार सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

‘यदाकदा देखिने ‘भाईरस’प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौ भने राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई अग्रणी शक्ति बनाउन समय लाग्दैन। गणतन्त्र, संघियता र धर्मनिरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट धराशयी हुनु अबश्यंभावि छ। विगतका घटनाक्रम यसको प्रमाण हो ।’ थापाले आइतबार सामाजिक सञ्जालमार्फत् भने ।