कांग्रेस युवा नेता भट्टराईद्धारा निरन्तर खाद्यान्न सहयोग

प्रकाशित मिति:

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा रुपन्देही क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा (क) का सहसचिव नेत्र भट्टराईले महामारीका कारण भोकै बस्नु पर्ने अवस्थाका नागरिकहरुलाई खाद्यान्न वितरण जारी राखेका छन् । भट्टराईले बुटवल उपमहानगरपालिका भित्रका करिब १०० घर भन्दा बढीलाई राहत बितरण गरिसकेका छन ।

भट्टराईले आजपनि बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बुद्धनगरमा पनि ३४ घरधुरीलाई राहत प्रदान गरेका छन । नेपाली कांग्रेसका नेता काजिमान श्रेष्ठ, हरिशचन्द्र गौतम, जमुना ढकाल, प्रभा अयार्ल, प्रदिप गौतम, शुभाष रायमाझी, महेन्द्र जिसी, राज पोख्रेल, कृष्ण जिसी लगाएतको उपस्थिति रहेको थियो ।