नेपालमा थपिए २४०७ कोरोना संक्रमित, ३९९४ निको

प्रकाशित मिति:

बुटवल । नेपालमा थप २४०७ जनामा कोरोना कोसंक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १६९४ र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, नेपालमा आज ३९९४ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ ।