प्रधानमन्त्री ओली र सुकीबीच भेटवार्ता ! यि विषयमा भए छलफल

प्रकाशित मिति:

काठमाडौं , १४ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारकी नेतृ आङ साङ सुकीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र सुकीबीच होटल अन्नपूर्णमा भेटवार्ता भएको हो ।

एसिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नेपाल आएकी सुकीले भेटघाटलाई तीव्रता दिएकी छन् । यसअघि शुक्रबार बिहान मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी थिइन् ।

प्रधानमन्त्री ओली र सुकीबीचको भेटमा द्विपक्षीय हितलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

थप समाचार