पोखरा-संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीले गण्डकी प्रदेश सरकारलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।युएनडिपीको टोलीले सामाजिक बिकास मन्त्रालय मार्फत गण्डकी प्रदेश सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले जानकारी दिनुभयो ।
उहाँले अक्सिजन कन्सन्ट्रेटर कोभिडबाट संक्रमित भएका बिरामीहरुको जीवन रक्षाको लागि अत्यन्तै उपयोगी रहेको बताउनु भयो । युएनडिपीले ५ लिटर र १० लिटरका कन्सन्ट्रेटर प्रदान गरेको हो ।अक्सिजन कन्सन्ट्रेटर बुझ्दै सामाजिक बिकास मन्त्रालयका सचिव बिनोद बहादुर कुँवरले अक्सिजन कन्सन्ट्रेटर आवश्यक्ता अनुशार प्रदेशका बिभिन्न अस्पतालमा पठाईने बताउनु भयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्मा,सहसचिव शम्भु ज्ञवाली, डब्लु इचओको भानु याङेदेन, युएनडिपीका प्रकृति जिसी र सरिता धौगडेल लगायतको उपस्थिती रहेको थियो ।