इलाका प्रहरी मझगावाँको सक्रियतामा‘मास्क बैँक’स्थापना

प्रकाशित मिति:

सुरेश परियार,जेठ ३० गते- इलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरिक्षक सुरजजंग क्षेत्रीको सक्रियतामा‘मास्क बैँक’स्थापना भएको छ । कोभिड नियन्त्रण तथा रोकथामका लागि खटिएका व्यक्ति तथा सम्पुर्ण नागरिकहरुको सुरक्षाका लागि रुपन्देहीको मर्चवारी सडकखण्ड अन्र्तगत मझगावाँमा ‘मास्क बैँक’ आजदेखि सञ्चालनमा ल्याइएको हो ।

सक्नेले दिएर जाउ,नसक्नेले लिएर जाउँ भन्ने नारा सहित निःशुल्क मास्क उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको मास्क बैंकको आइतबार इलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरिक्षक सुरजजंग क्षेत्रीले उद्घाटन गरेका छन् ।विभिन्न व्यक्ति तथा संस्थासँगको समन्वय र सहयोगमा संकलन गरिएको मास्क तथा सेनेटाइजरले निषेधाज्ञाको बेला अति आवश्यकमा निस्किएका नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले निशुल्क मास्क प्रयोग गर्न पाउने छन् ।

मास्क बैंकका लागि कोटहीमाई गाउँपालिकाबाट ३ हजार मास्क,लायन्स क्लब अफ रुपन्देही मर्चवारबाट ३ हजार मास्क,माहुरी हुम रुपन्देहीबाट १ हजार लगायत विभिन्न संघसस्थाहरुबाट स्वास्थ्य सामाग्री जुटेको र अन्यबाट पनि सहयोग आउने प्रहरी निरिक्षक सुरजजंग क्षेत्रीले बताए । नागरिकलाई शान्ति सुरक्षा संगै स्वास्थ्य सुरक्षा दिनु पनि प्रहरीको दायित्व भएको भन्दै सामाजिक कार्यप्रति मझगावा प्रहरी तत्पर रहेको जिकिर निरिक्षक क्षेत्रिको रहेको छ ।