पाण्डबखानी स्वास्थ्य चौकीलाइ आपतकालिन विरामीहरुका लागि ५ थान अक्सिजन ग्यास सिलिन्डर उपलब्ध 

प्रकाशित मिति:

सुरेश छन्त्याल, गलकोट-गलकोट नगरपालिका १० पाण्डबखानी वडा कार्यालय तथा स्वास्थ चौकीको संयुक्त आहवानमा वडा भित्रको देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुको विशेष सहयोगमा पाण्डबखानी स्वास्थ्य चौकीलाइ आपतकालिन विरामीहरुका लागि ५ थान अक्सिजन ग्यास सिलिन्डर उपलब्ध भएको छ । उक्त सेवा बडिगाड गाउँपालिका ३ का केहि घरदुरी र सोहि गाउँपालिका ८ का १५ घरदुरी लगायत यस वडा भित्रका करिव ४०७० जनालाइ स्वास्थ सेवा दिने स्वास्थ चौकीकी प्रमुख रत्ना सुनारले जानकारी दिनुभयो ।

त्यस्तै वडालाइ पूर्ण खोप वडा सुनिश्चितता प्रामाणिकरण गर्ने निर्णय, कोरोनाको प्रभावलाई मध्य नजर गरि पाण्डबखानीदेखि बेलायतमा रहनु हुने पाण्डबखानी समाज युके मार्फत यश स्वास्थ्य चौकीलाई ५ सेट ठुलो अग्सिजन तथा दुई अक्सी मिटर उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै विशेष धन्यवाद प्रर्कत व्यक्त गरिएको छ।साथै कोभिद बिरुद्द नेपाल सरकार मार्फत ६२(६४बर्ष उमेर समुहका नागरिकहरुको लागि उपलब्ध गराएको जम्मा ३६ वटा खोप अपुग भएकोले सम्बन्धित निकायमा तुरुन्त माग गर्ने निर्णय गरिएको वडा अध्यक्ष तिलक घर्ती मगरले जानकारी गराउनु भयो।

गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तथा स्वास्थ चौकी व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तिको अध्यक्षतामा बसेको बैठकमा सविधानसभा सदस्य बिशेष उपस्थितिमा निरज पुन, गलकोट नगर सभा सदस्य राधिका पुन, बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल, पत्रकार सुरेश छन्त्याल, शिक्षक प्रतिनिधि आसा श्रीस, महिला स्वास्थकर्मी स्वयसेविका लगाएतको सहभागीता रहेको थियो।