बलात्कारलाई कसरी गरिन्छ सामान्यीकरण ? के हो ‘ब्रो कल्चर’

प्रकाशित मिति:

कुनै शब्द यस्ता हुन्छन् जसलाई उच्चारण गर्दा नै घृणा पैदा हुन्छ । भोग्नेलाई कस्तो हुँदो हो ? बलात्कार यस्तै एक शब्द  हो जसमा चित्कार, घृणा, आक्रोश ति सबैको ध्वनी एकै साथ कानमा गुन्जन्छ । लाजले शीर निहुरिन्छ । संसारभर कुनै यस्तो समाज छैन होला जसले बलात्कारलाई रुचाओस् । फेरी पनि बलात्कारका घटना घटेकै छन् ।

कम हुँदै जानुपर्नेमा बढ्दो छ । समाजमा हेर्ने हो भने हामी सबै बलात्कारको विरुद्धमा लडिरहेका छौ । बलात्कारीलाई सजाय दिलाउने कोशिस गरिरहेका छौं । अनि भन्छौ– महिलाहरुको सम्मान र सुरक्षाका लागि लडिरहेका छौ । हामीले बलात्कार चाहदैनौ, घृणा गर्छौ । जब हाम्रै आफ्न्त, साथीभाई यस्ता घटनामा पीडक बनेर आउँछन् । अनि हामी त्यस्ताको बचाउ गर्न उत्रिन्छौं । यो त्यो पक्ष हो जसले सावित गर्छ कि हामी कहीँ न कहीँ बलात्कारीको समर्थनमा खडा छौं र ‘बलात्कारको संस्कृति’लाई सिंचित गर्ने अपराध गरिहेका छौं ।

बलात्कारलाई कसरी गरिन्छ सामान्यीकरण ?
– अब केटाहरुको सोच त बदल्न सकिदैन नि ! ( मेल विल बी मेल )
– भाई जस्तै बन्ने कोशिस नगर । आफ्नो सुरक्षाका लागि भए पनि सही, साँझ आठ बजेसम्म घर फर्किनु । ( केटा र केटीको लागि अलग–अलग नियम)
– तिमी एक्ली केटी होइनौ जसको साथ यस्तो भएको छ । सानो कुरालाई पनि धेरै बढाई–चढाई नगर ।
– मिडियाले पनि बलात्कारको सट्टा ‘छेडछाड’ र ‘यौन दुव्र्यवहार’ जस्ता शब्दको प्रयोग गरेर अपराधको गम्भीरतालाई कम गर्ने कोशिस गर्नु ।
–बलात्कारको विषयमा चुटकिला बनाउनु । यस्ता विषयमा हाँस्नु र यिनको मजाक उडाउनु ।
– चलचित्र, म्यूजिक भिडियोमा केटीहरुप्रति दुव्र्यवहारका घटनालाई प्रस्तुत गर्नु तर तिनलाई ‘रोमान्टिक’ भनिनु र महिलाको शरीरलाई ‘सेक्सको बस्तु’को रुपमा पेश गर्नु ।

२. पीडितलाई दोषी बनाउनु
– उसले छोटो कपडा लगाएकी थिई ।
– उ अबेर रातसम्म बाहिर घुम्दै थिइ ।
– उ रक्सी खाएर केटाहरुको साथमा थिइ ।
– उ सेक्सुअली एक्टिभ छे । उसका कयौं व्याईफ्रेन्डस छन् ।
– उ केटाहरुसँग हाँसी–हाँसी कुरा गर्छे । ज्यादै फ्रेन्डली हुन्छे ।
– उ केटाहरुसँग ‘पब’मा गएकी थिइ । उसले जरुर कुनै इशारा गरेको हुनुपर्छ ।

३. पीडित उपर शंका गर्नु
– उनीहरु दुबैजना रिलेशनसिपमा थिए । फेरी बलात्कार कसरी ? ( सहमति र जबरजस्तीलाई नबुझ्नु )
– श्रीमानले श्रीमतिको कसरी रेप गर्छ ? विहे भएको छ भने सेक्स त गर्न नै हैन ! ( बैवाहिक बलात्कारलाई नकार्नु, महिलाको असहमतिलाई महत्व नदिनु )
– हेर्दै यति नराम्री, बुढी, मोटी छ उसलाई कसले बलात्कार गर्छ ?
– उसको शरीरमा चोटको निशाना छैन । उसले प्रतिवाद किन गरिन ।
– उसले त्यही बेला किन भनिन ? अब किन बोलिरहिछ ?
–जरुर कुनै पब्लिसिटी स्टन्ट होला । सहानुभूति हाँसिल गर्न चाहन्छे !
– यसले पहिला पनि एउटा मान्छेविरुद्ध यस्तै आरोप लगाएकी थिइ । उसैलाई मात्र किन यस्तो हुन्छ ?

३. ‘ब्रो कल्चर’
‘ब्रो कल्चर’ त्यो तरिका हो जसको माध्यमद्धारा एक पुरुषले अर्को पुरुषलाई बचाउने कोशिस गर्छ । एक अर्काको अपराधलाई ढाक्ने र निर्दोष देखाउने कोशिस गरिन्छ । जस्तो कि– अरे, त्यो यति सिधा केटा हो ! उसले यस्तो गर्नै सक्दैन । म उसलाई राम्रोसँग चिन्दछु । सवाल यो हो कि महिलाको गुनासो, आरोपलाई पुरुषहरुले पर्सनली किन लिन्छन् ? शायद यसकारण हुन सक्छ पुरुषको एक ठूलो वर्ग कुनै न कुनै यस्ता अपराधमा सहभागी भइसकेका छन् ।

यत्तिमात्र होइन पुरुषको एक वर्ग यस्तो पनि हुन्छ । थाहा छैन उनीहरुले यस्तो तथ्याङ्क कहाँबाट जुटाउँछन कि बलात्कारको ९० प्रतिशत मामिला झुठा हुन्छन् र छेडछाडका ९९ प्रतिशत मामिला ‘फेक’ । हो हामी अर्कोको मामिलामा यस्तै सोच्छौं र जब यो घटना हाम्रै परिवारका सदस्यमा घट्छ । अनि भन्छौ–  ‘हाम्रो समाज खराब छ ।’ यो नविर्सौ यो समाज भनेकै तपाईँ अनि म हो ।