कञ्चन क्रियाशिल महिला संजालद्वारा बिपन्न परिवारहरुलाई बितरण

प्रकाशित मिति:

३० जेठ,कञ्चन- कञ्चन क्रियाशिल महिला संजालले कोभिड १९ को संक्रमणलाई फैलिन नदिनका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका बिपन्न घरपरिवारहरुका लागि राहत बितरण गरेको छ। जनआस्था युवा क्लव,कञ्चन ४ थकालीचोक रुपन्देहीको आयोजनामा संचालन गरेको फुड बैंक कार्यक्रममा सहभागिता जनाई सो राहत बितरण गरेको संजालका सचिव पिंकी थापाले जानकारी दिएका छन।

कञ्चनका २२ घरपरिवारहरुलाइ राहत स्वरुप १५ किलो चामल, २ किलो दाल,नुन र सोयाबडी बितरण गरिएको हो । राहत बितरण कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेबी तथा निर्माण व्यबसायी डोल बहादुर थापाले अवको समुन्नत समाज निर्माण गर्न युवाहरुको भुमिका महत्वपुर्ण हुने बताएका छन। समाजलाई असल नेतृत्व प्रदान गर्न र समृद्ध कञ्चनको निर्माण गर्न समाजको हरेक गतिबिधीहरुमा युवाहरुको भुमिकालाई प्रमुख बनाउन सके समाजको बिकास छिटो हुने उल्लेख गरे । यस्तै कञ्चन जेसिज बर्ष २०२१ की अध्यक्ष राधिका चौधरलिे यो समाजलाई सफल नेतृत्व दिन पनि युवाहरुले आफैमा नेतृत्व र ब्यक्तित्वको बिकास गर्न आवस्यक रहेको बताइन। निश्चित योजना,दृष्टिकोण र लक्ष्य सहित युवाहरुले नेतृत्व गरेको ठाउहरुमा त्यो समाजको फरक तरिकाले अगाडी बढिरहेको र ती ठाउहरुमा फेरी पनि युवाहरुको नेतृत्वलाई माग भइरहेको उल्लेख गर्दै कञ्चन जेसिजकी अध्यक्ष चौधरीले शिक्षा, स्वास्थ्य,सामाजिक संघसंस्था,बित्तिय संस्था र पुर्वाधार बिकास लगायतहरुमा असल र सभ्य युवाहरुको नेतृत्व आवस्यक रहेको बताइन ।

सञ्जालकी अध्यक्ष शोभा आलेले महिलाहरुमा समाजको नेतृत्व,सामाजिक भावनाको बिकास र समुन्नत समाज निर्माणमा महिलाहरुको भुमिकालाई सशक्त बनाउन कञ्चन त्रियाशिल महिला संजाल नाम संस्था स्थापना गरिएको बताउदै सञ्जालको पहलिो कार्यक्रमको रुपमा बिपन्न घरपरिवाहरुलाई राहत बितरण गरी संस्थाको नाम अनावरण गरिएको बताइन । सञ्जालकी सचिव पिंकी थापाको संचालनमा कञ्चन ४ ,थकालीचोकमा कार्यक्रम सम्पन्न भएको हो ।