क्लबहाउसबाट कसरी पैसा कमाउने ?

प्रकाशित मिति:

क्लबहाउस दुवै एन्ड्रोइड र आईओएसका लागि रहेको भ्वाइस च्याटिङ एप हो । यो मार्च २०२० मा सर्वप्रथम अमेरिकामा सार्वजनिक भएको थियो । यो भ्वाइसबाट मात्रै कुराकानी गर्न सकिन्छ ।एलन मक्स, मार्क जुकरबर्ग जस्ता व्यक्तिहरुले पनि क्लबहाउस प्रयोग गरिसकेका छन् । नेपालमा पनि क्लबहाउस एकदमै चर्चित बन्दै गइरहेको छ ।सजिलै साइन इन नगर्न मिल्ने हुँदा पनि यसले धेरैलाई आकर्षित गरिरहको छ । प्रयोगकर्ताहरुले यस माध्यमबाट विभिन्न कार्यक्रमहरु पनि गरिरहेका छन् ।नेपाली प्रयोगकर्ताहरुले पनि क्लबहाउसमा व्यवसायिक, प्राविधिक, राजनितीक, उद्यमशीलता, स्टार्टअप लगायतका विषयमा छलफल गरिरहेका हुन्छन् ।यो एप नेपालममा हालैमा सार्वजनिक भएको कारणले पनि प्रयोगकर्ताको उत्सुकताको कारणले यसले धेरै प्रयोगकर्ता बटुल्न सफल भएको छ ।तर तपाईलाई मनमा हुन सक्छ के क्लबहाउस मार्फत हामीले पैसा कमाउन सक्छौ रु सकिन्छ भने कसरी सकिन्छ रु आज हामीलाई क्लबहाउसबाट पैसा कमाउन सकिने केही तरिकाको बारेमा जानकारी दिदैछौं ।

आफ्नो बायो प्रयोग गरेर

क्लबहाउस प्रोफाइलको बायो प्रयोग गरेर आफ्नो बारेमा परिचय दिन मात्रै नभएर पैसा कमाउनलाई पनि प्रयोग गर्न सकिन्छ ।तपाईले राम्रो कन्टेन्ट बनाउनुहुन्छ भने अरु क्लबहाउस प्रयोगकर्तालाई विभिन्न क्यास एपको लिकं राखेर सहयोगका लागि अनुरोध गर्न सक्नुहुनेछ ।त्यस्तै विसलिस्ट राखेर अरु प्रयोगकर्तालाई आफ्नो प्रडक्ट वा सेवा पनि तपाईले बेच्न सक्नुहुनेछ । यसरी आफ्नो सामानको प्रचार हुनसक्नेछ । लिकं राख्दा खेरी यो लिकं कस्तो ग्राहकहरुलाई लक्षित गरेर राखिएको हो भनेर डिस्क्लेमर राख्नुपर्ने हुन्छ ।

पेड रुम र सब्सिक्रिप्सन

क्लबहाउसमा पैसा कमाउने अर्को उपाय भनेको भुक्तानी ९पेड० गर्नुपर्ने रुम राख्नु र सब्सिक्रिप्सनको अप्सन राख्नु हो । यसमा भर्चुअल क्लासरुमदेखि सेमिनार जस्ता कार्यक्रमहरु आयोजना गर्न सकिन्छ ।यसका लागि पेपाल, स्कवार जस्ता भुक्तानी सेवा चाहिने गर्दछ । यस्तो कार्यक्रमहरु एक्सक्लुसिब बनाएर क्लबहाउसमा मात्रै सुन्न पाइने खालको हाल्नुपर्छ ।

स्पोन्सर रूम

अनलाइन युगमा स्पोन्सरसीप एकदमै प्रचलित बन्दै गईरहेको छ । त्यहीकारणले तपाइले आफ्नो रुमलाई स्पन्सर गराउन सक्नुभयो भने त्यहीँबाट पनि पैसा कमाउन सक्नुहुनेछ ।तपाईले धेरै मात्रामा सहभागीहरु पाउन सक्नुहुन्छ भने केही व्यवसायले तपाईलाई सामान प्रचार गरिदिन पैसा दिन पनि सक्दछन् । रेडियो स्टेसन, युट्युब भिडियोमा स्पन्सर पाएजस्तै क्लबहाउसमा पनि स्पन्सर पाएमा पैसा कमाउन सकिन्छ ।