सभामुखद्वारा सिन्धुपाल्चोकका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

प्रकाशित मिति:

काठमाडौं-सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। सभामुख सापकोटाले सोमबार जलबिरे प्राथमिक स्वास्थ्य केन्द्र र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।सभामुखले जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रको अवलोकनपश्चात् केन्द्रलाई डिजिटल एक्सरे मेसिनलगायत महत्त्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले बताए। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट स्वास्थ्य केन्द्रका लागि १५ लाख रकमान्तर गरेको समेत बताए।

यस्तै, बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रको समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।स्वास्थ्य सामाग्री हस्तान्तरण गरेलगत्तै सभामुखले बाह्रबिसे नगरपालिकामा प्रमुख, उपप्रमुखलगायतसँग छलफल गरी कोरोना र प्राकृतिक विपत्तिको पूर्वतयारी सम्बन्धमा जानकारीसमेत लिएका छन्।प्राकृतिक विपत्तिको चपेटामा परेको सिन्धुपाल्चोकलाई आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धतासमेत जाहेर गरे।