माननीयकाे भाईरल भिडियाे र यथार्थ

प्रकाशित मिति:

रविन केसी । हिजो बिहानदेखि सामाजिक सञ्जालहरूमा स्याङ्जाका एक माननीय प्रदेश सांसदले ड्युटीमा रहेका प्रहरी अधिकृतलाई धम्की दिएको भनेर एकाएक भाईरल बनेको छोटो भिडियो क्लिप हेरेपछि माननीय मेखलाल श्रेष्ठलाई फोन संम्पर्क गरें।प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गरेको केही घण्टामै सशरिर बहुमत प्रदेश सभा सदस्य उपस्थित भई नयाँ सरकार गठनको लागि निवेदन पेस गरेकोमा प्रदेश प्रमुखले दिएको समयसीमाको अन्तिम प्रहरमा मुख्यमन्त्रीले ओलीकै शैलिमा एकाएक आफ्नो पक्षमा समेत बहुमत देखाई लोकतन्त्र र बिधीको शासन माथी नाङ्गै नाच्न थालेको आभास मिलेपछि पुनः बहुमत सांसदहरू सशरिर प्रदेश प्रमुख निवास पुग्दा निवासको मुलद्वारमै प्रहरीले रोकेपछि लोकतन्त्र रक्षाको लागि सांसदहरू भुईमा धर्ना बस्नुभएको घटना सर्वबिदित नै छ।

त्यसै क्रममा प्रदेश प्रमुख निवासमा जान लाग्नुभएका नेपाली काँग्रेसको समानुपातिक तर्फबाट निर्वाचित सांसद माननीय मेखलाल श्रेष्ठलाई बाटोमा रहेका प्रहरी निरिक्षक श्याम थापा सहितको टोलिले अबरोध गरेपछि उहाँले बिनम्र भाषामा म माननीय हुँ जान दिनुस भनेर पटक(पटक भन्दा समेत अबरोध गरिनै रहेपछि थोरै चर्को भाषामा हिसाबकिताब गर्दै गरौंला अहिले जान दिनुस भनेको कुरालाई लम्बाचौडा बनाई प्रचार गरिएकोप्रति दुःख लागेको उहाँको भनाई छ।

मेखलाल श्रेष्ठ स्याङ्जाको बिद्यार्थी राजनीतिबाटै यहाँसम्म आएका एक स्पस्टवक्ता,निडर र हक्की नेता हुन। गण्डकी प्रदेशसभामा प्रतिपक्षको आवाजलाई चट्टानी ढंगबाट प्रस्तुत गर्दै आएका श्रेष्ठले गण्डकी प्रदेशमा बिकसित पछिल्लो राजनीतिक घटनाक्रम मार्फत संभावित संसद विघटन रोक्दै काँग्रेस नेतृत्वमा सरकार गठन गर्न समेत अहम भूमिका निर्वाह गर्नुभएको थियो।नेपालका लोकतान्त्रिक आन्दोलनहरू मार्फत लडेर आम जनताले प्राप्त गरेको ब्यवस्थामा सामान्य कुरामा समेत प्रहरीले बेलाबेलामा प्रदर्शन गर्ने यस्ताखाले हर्कतबाट हजुरहामी पटकपटक पिडित बन्दै आईरहेका छौं। घटनाको सत्यतथ्य र वास्तविकता बुझेर मात्र बिरोध वा समर्थन गर्ने बानी बसालौं।