कोटेश्वरमा नेताहरुबीच यी ६ विषयमा छलफल

प्रकाशित मिति:

विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल निवास कोटेश्वरमा भएको छलफलमा विभिन्न ६ विषयमा छलफल भएको छ ।नेता माधवकुमार नेपाल, काँग्रेस सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विभिन्न ६ विषयमा छलफल भएको हो ।
छलफलका बुँदाहरुः
–समसामयीक राजनीतिक घटनाक्रमको समीक्षा

–वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो’ भन्ने कुरामा पुनः स्पष्टता

–आपसी सम्बन्धबारे छलफल, एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता

–कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग

–अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नवारे छलफल, अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण
–राज्यका कतिपय अंग र केही संबैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आशंका, निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण

पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बारे चासो, चिन्ता एवम् शीघ्र स्वास्थ्यलाभको कामना ।