माधव घिमिरेको अध्यक्षतामा नेपाल नियमित रक्तदाता संघ कपिलबस्तु जिल्ला शाखा गठन 

प्रकाशित मिति:

कपिलबस्तु, ३१ जेठ ।  नेपाल नियमित रक्तदाता संघ कपिलबस्तु जिल्ला शाखा गठन भएको छ । नियमित रक्तदाता संघ कपिलबस्तुको शाखा विस्तार कार्यक्रम संस्थाका कार्यवहक जिल्ला शाखा अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षतामा सोमबार बसेको भेलाले माधव घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको हो  ।

जसको उपाध्यक्षमा सुवास पाण्डे, सचिवमा ज्ञान हरि न्यौपाने, कोषाध्यक्षमा देवीलाल कडेंल, सह सचिवमा शान्ती क्षेत्री चयन भएको छन् भने सदस्यहरुमा शंकर भट्टाई, विष्णु पन्थ, मिलन चालिसे, सबिन रनपाल, सीता मल्ल र मोहन बेल्बासे रहेका छन् । विश्व रक्तदाता दिवसको शुभ अवसर पारेर कपिलवस्तुमा रक्तदान कार्यलाई नियमित र ब्यवस्थित गर्नको लागि एक जिल्ला स्तरीय स्वयमेवी सस्था गठन गरिएको नव निर्वचित अध्यक्ष माधव घिमिरेले बताए ।