कक्षा ११ को पठनपाठन भदौबाट

प्रकाशित मिति:

कक्षा ११ को पठनपाठन भने भदौबाट सुरु हुँदै छ । विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसईई०का विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्य पू्रा गरी साउन दोस्रो सातासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरु गरिने जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ ।

 

शिक्षकहरू आफ्नो विद्यालय र विद्यार्थीको सम्पर्कमा रहनुपर्ने जनाइएको छ । वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिनुपर्ने भएकाले शिक्षक आफ्नो विद्यार्थी र विद्यालयको सम्पर्कमा रहनुपर्ने शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले बताए । गोरखापत्र दैनिकमा खबर छ ।