खुमा अर्याल फाउन्डेसन द्वारा माझी समुदायमा खाद्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति:

स्याङ्जाको वालिङ नगरपालिका वडा न १ मा रहेको माझी बस्तिमा खुमा अर्याल फाउन्डेसन द्वारा खाद्य सामाग्री हस्तान्तरण गरिएको छ ।सामाग्री हस्तान्तरण गर्दै खुमा अर्याल फाउन्डेसनका सरक्षक डा लुना अर्यालले बिपन्न माझी समुदायमा सहयोग गरिरहेको बताउनु भयो ।

विपन्न बर्ग र मजदुरी गरि खाने हरुमा कोभिड रोगले असर गरिरहेका क्षेत्र लगाएत विभिन्न संघसस्थामा सहयोग गरिरहेको उहाँको भनाइ थियो ।वालिङ नगरपालिकाको यस १ न वडामा सक्रमितको सङ्ख्या दिनप्रतिदिन बढिरहेको बेला मजदुरी गरि खाने र विपन्न बर्गलाइ खाध्र सामाग्रीको अभाव हुन नदिने गरि गरिएको सहयोग प्रती वडाबासिको तर्फबाट वडा अध्यक्ष केदार काफ्लेले धन्यवाद व्यक्त गर्नुभएको थियो ।फाउन्डेसनको सहयोगमा १५ घरका माझि समुदायलाइ खाध्य सामाग्री लगाएत वितरण गरिएको वालिङ नगरपालिकाका नगर प्रवक्ता केदार काफ्लेले बताउनुभयो ।कार्यक्रममा वडा सदस्यहरु,वालिङ जेसिजका वर्ष २०२१का अध्यक्ष विस्वास लम्साल नेविसंघ नेता युडि गैह्र खहरे युवा क्लवका अध्यक्ष अमृत परियार बोधी  लगाएतको उपस्थिति रहेको थियो ।