लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा भूमे पर्वको शुभकामना

प्रकाशित मिति:

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्व नेपाली समाजको महत्वूर्ण संस्कृतिको रुपमा स्थापित हुँदै गएको बताएका छन् । आज शुभकामना सन्देश दिंदै उनले लुम्बिनी प्रदेशको रोल्पा र रुकुममा खामा भाषी मगर समुदायले मनाउने सो विशेष सांस्कृतिक पर्व भएको उल्लेख गरेका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासमा जोड दिएको छ । अल्पसंख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिक रुपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको छ । प्रदेश सरकारले भूमे पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै आज असार १ गते रोल्पा र रुकुममा स्थानीय बिदा दिने निर्णय गरेको छ । लोकतन्त्रलाई सबै समुदाय र वर्गका नागरिकको जीवनपद्दती बनाउन खोजिएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।