बसन्तपुरमा बायोग्यास प्लान्ट सुरु हुदै

प्रकाशित मिति:

ओमसतिया, १ असार । बसन्तपुर बायोग्यास एण्ड अर्घानिक फर्टिलाईजर प्रा.लि.ले खाना पकाउने बायोग्यास उत्पादन सुरु गर्न लागेको छ ।ओमसतिया गाउँपालिकाको वडा नम्बर–४ बसन्तपुरमा स्थापना हुन लागेको उद्योगले दैनिक एलपिजि ५० के.जी. अर्थात ४० सिलिन्टर ग्यास उत्पादन गर्ने उद्योगका सञ्चालक मोहित यादवले बताउँछन् ।सञ्चालक यादवका अनुसार– बायो ग्यास उत्पादन सुरु भएपछि गाउँपालिकाका ३ सय घरपरिवारको भान्सामा खानापकाउने ग्यास पाईप जडान गरिने र दोस्रो चरणमा गाउँपालिका सवै घरको भान्सालाई सिलिन्डर रहित बनाउने योजना रहेको छ । बायोग्यास प्लाण्टका प्राविधिक कन्सल्टेन्ट रेनर्जी इञ्जिनरिङका डाईरेक्टर ई. संदिप यादवले उद्योग स्थापना र ग्यास पाईप जडान कार्य संगसंगै हुन लागेकाले प्राविधिकरुपमा उत्पादन र उपभोगलाई मध्यनजर गरेर कन्सल्टेन्सीले नापजाच गरि डिपिआर तयार गरिसकेको जानकारी दिए ।

ई. यादवले उत्पादन संगै उद्योगको योजना अनुसार ग्यासलाई सिधै घरघरको भान्सामा पुराउने कामलाई कसरी सरलीकरण गर्न सकिन्छ भन्ने छलफलमा आफुहरु रहेको बताए ।करिव १० करोड लागतमा निर्माण हुन लागेको बायोग्यास प्लान्टले आफ्नो उत्पादन सुरु गरेसंग भारतिय एलपि ग्यासको मागमा समेत कमी आउने अपेक्षा भएको ओमसतिया गाउँपालिकाले जनाएको छ ।दैनिक २० टन (गोवर, कुखुराको सुली, सडेगडेको कच्चा पर्दाथ, होटल तथा सुपर मार्केटहरुमा उत्पादन भएका कच्चा पदार्थ जन्य फोहोरहरु ) कच्चा पदार्थ खपत गर्ने यो उद्योगको स्थापना संगै जिल्लाको आधुनिक उद्योग हुने बायोग्यास प्लाण्टका प्राविधिक कन्सल्टेन्ट रेनर्जी इञ्जिनरिङले दावि गरेको छ ।