आज विश्व एड्स दिवस, बुटवलमा विशेष कार्यक्रम

प्रकाशित मिति:

झविन्द्र देवकोटा
बुटवल, ३१ औं विश्व एड्स दिवस विभिन्न कायक्रम गरेर शनिबार मनाईने भएको छ । हरेक वर्षको डिसेम्वर फष्टलाई विश्व एड्स दिवसका रुपमा मनाउदै आइएको छ । यसवर्ष ‘एचआईभी परिक्षण गराउ, आफ्नो अवस्था थाहाँ पाउ’ भन्ने नाराका साथमा दिवस मनाउन लागिएको हो । दिवसकै सन्दर्भमा रुपन्देहीमा पनि विभिन्न कार्यक्रम हुने भएका छन् । रुपन्देहीमा स्वास्थ्य निर्देशनालय सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ५, एड्स हेल्थ केयर फाउण्डेशन नेपाल र आस्था समुह बुटवलको संयुक्त आयोजनामा बुटवलमा जनचेतनामुलक कार्यक्रम हुने भएको हो । दिवसको पुर्वसन्ध्यामा शुक्रबार बुटवलमा गरिएको पत्रकार सम्मेलनमा आस्था समुहका अध्यक्ष केशव पुन मगरले विहान नौ बजेदेखि निःशुल्क एचआईभी परिक्षण, दिउसो दुईबजे जिल्लास्थित विभिन्न संघसस्थाको सहभागितामा बुटवल राजमार्ग चौराहादेखि ट्राफिकचोकसम्म जनचेतनामुलक ¥याली, दिउसो ट्राफिक चोकमा औपचारिक कार्यक्रम गरिने बताउनुभयो । जनचेतनामुलक विभिन्न साँस्कृतिक प्रस्तुति रहने उक्त कार्यक्रममा स्थानीय विभिन्न सांगितीक ब्याण्डका कलाकारहरुसँगै निल हिरा समाजका सदस्य कलाकारहरुले आआफ्नो प्रस्तुती देखाउने बताउनुभयो । कार्यक्रममा एचआईभीको जोखिमबाट कसरी जोगिने र जोगिन के गर्ने भन्ने बारेमा सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती रहने एड्स हेल्थ केयर फाउण्डेशन नेपाल बुटवलका प्रमुख धर्मराज भट्टराईले जानकारी दिनुभयो ।