पौडी खेल्ने क्रममा बेपत्ता भएका कञ्चनका कमल श्रीस १६ घण्टा पछि मृत अवस्थामा फेला

प्रकाशित मिति:

१ असार,कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका कञ्चन गाउपालिका वडा नं.३ तिनकुने निवासी अन्दाजी ३२ बर्षका कमल श्रीस मगर करिब १६ घण्टा पछि मृत अवस्थामा फेला परेका छन । जेठ ३१ गते सोमबार सांझ ५ बजेको समयमा पौडी खेल्न भनि घरबाट हिडेका श्रीस घर नजिकै रहेको स्थानिय पथरिया घोलामा बनाइएको तालमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यलय रुद्रपुरले दिएको जानकारी अनुसार मृतक कमल श्रीस मगर तीन बर्ष अगाडी स्थानिय धमिनाताल सामुदायिक बन उपभोक्ता समूह,कञचन ३ र ४ को बन क्षेत्र अन्तर्गत ब्लक नं.४ स्थित पथरिया घोलामा बनाइएको तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । स्थानिय, इलाका प्रहरी कार्यलय रुद्रपुर र सशस्त्र प्रहरी बल लोण्डहवा बेस क्याम्पको सुरक्षा टोलीले राती अवेर सम्म खोजी गर्दा समेत नभेटिए पछि मंगलवार बिहान ५ बजे देखि खोजीकार्यमा संलग्न सशसत्र प्रहरी बल नं.२७ गण रुपन्देहीको रेस्क्यु टोली, इलाका प्रहरी कार्यलय,रुद्रपुर,अस्थाई प्रहरी चौकी प्रतापपुर,सशस्त्र प्रहरी बल बेस क्याम्प लोण्डिहवा गैडहवा ताल ब्यबस्थापन समितिको डुंगा चालक र स्थानियहरुले बिहान करिब ९ बजेको समयमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देबेन्द्र कुमार मल्लले जानकारी दिएका छन।

मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलमा पठाइएको छ भने मृतकका आफन्त र स्थानियहरुले भने असुरक्षित रुपमा बनाइएको तालको पुर्ण रुपमा पुर्न वा सुरक्षित रुपमा संचालन गर्नु पर्ने माग गर्दै मृतकको परिवारलाई सामुदायिक बन र गाउपालिकाले क्षतिपुर्ति दिनु पर्ने माग राखेका छन। मृतक कमल श्रीस मगरको परिवारको नाममा एक मात्र ५ बर्षिय छोरा छन ।यही तालमा पौडी खेल्ने क्रममा स्थानिय दुई जना बालकहरुको पनि डुबेर मृत्यु भएको थियो ।