शेयर बजारमा चलखेल, ५१ कम्पनीको लगानी जोखिममा

प्रकाशित मिति:

काठमाडौं- नेपाल धितोपत्र बोर्डले ५१ ओटा सूचिकृत कम्पनीको सेयर मूल्य चलेखेल गरेर बढाइएको पाइएको जनाएको छ। बोर्डले सेयर मूल्यमा चलखेल भएको ५१ कम्पनीको सूचीसमेत सार्वजनिक गरेको छ।पछिल्लो समय केही कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा बढेपछि बोर्डले कमिटी नै बनाएर अध्ययन गरेको थियो ।

उक्त अध्ययन समितिको प्रतिवेदनको आधारमा ५१ कम्पनीको सेयर मूल्यमा चलखेल गरेर बढाएको निष्कर्षसहित बोर्डले उक्त कम्पनीको सूची सार्वजनिक गरेको हो ।बोर्डले १ वर्षमा सेयर मूल्य ३०० प्रतिशतभन्दा बढीले वृद्धि भएका, पीई रेसियो १०० भन्दा बढी भएका, प्रतिसेयर आनम्दानी नेगेटिभ भएका र प्रतिसेयर नेटवर्थ १०० भन्दा कम भएका र कम्पनीको वर्तमान वित्तिय क्षमताको मूल्यांकन गरेर उक्त सूची सार्वजनिक गरेको जनाएको छ।

यी हुन् जोखिममा रहेका ५१ कम्पनी