लुम्बिनीमा अुधरा आयोजना सम्पन्न गर्न १३ करोड

प्रकाशित मिति:

बुटवल- लुम्बिनी प्रदेशले आउँदो आर्थिक वर्ष २०७८/७९ मा अधुरा आयोजना सम्पन्न गर्नको लागि १३ करोड रुपैयाँ छुट्टयाएको छ। प्रदेश सभामा आज आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन्। कोरोना महामारीका कारण चालु आर्थिक वर्षमा सम्पन्न गर्न नसकिएका अधुरा आयोजनाहरु आउँदो आर्थिक वर्ष पुरा गर्ने लक्ष्य राखिएको छ।