दोहोरो अर्थ लाग्ने शब्द प्रयोग गरेर तीज गीत नबनाउन निर्देशन

प्रकाशित मिति:

मधुसूदन नेपाल, बुटवल- तीज गीतका नाममा जथाभावी शब्द प्रयोग गरेर अपाच्य खालका गीत बजारमा ल्याउनाले विकृति, विसङ्गति बढेको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले दुई अर्थ लाग्ने तीजको गीत नबनाउनका लागि कलाकारहरुलाई आग्रह गरेको छ ।

बुधवार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यस्तो आग्रह गरेको हो ।

तीजगीतको नाममा देखिएका विकृति, विसंगति अभद्र श्रव्यदृश्यहरुप्रति समस्त दर्शक श्रोताहरुको गुनासो बर्षेनी आइरहने हुँदा यस वर्ष पनि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठान नेपालको विशेष ध्यानाकर्षण भएको छ । विज्ञप्तिमा भनिएको छ ।