कांग्रेस महाधिवेशन र सदस्यता वितरण

प्रकाशित मिति:

अबको केही महिना नेपाली कांग्रेस को आन्तरिक राजनीति निकै गतिशील रहनेछ । अखबार का पृष्ठ र सामाजिक संन्जाल का न्युजफिड मात्रै हैन टोल चौतारो पनि कांग्रेसमय गफगाफ बर्खे झरीमा पनि रवाफिलो बन्ने छ । भदौ मा हुन गइरहेको को कांग्रेस को १४औं महाधिवेशन को सरगर्मी संगै कांग्रेस र गैरकांग्रेस आम नागरिक को ध्यान कांग्रेस को आन्तरिक राजनीतिले खिचिकसेको छ , किन भने यो देशकै सबैभन्दा ठुलो मध्यको र पुरानो पार्टी हो। राजनीतिक र संबैधानिक बाध्यता ले पनि निर्विकल्प रुपमा कांग्रेस को १४औं महाधिवेशन भदौ मा हुने पक्क-पक्की छ ।यसै को तयारी स्वरुप नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्य छानबिन समिति ले असार ६ सम्म को दावी विरोध को म्याद सहित ३१ जेठमा थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ । पार्टी विधान अनुसार गत फागुन मै सप्पन्न हुनु पर्ने महाधिवेशन कोभिड -१९ ,देश असामान्य राजनीति स्थिति ,क्रियाशील सदस्यता वितरण को विवाद, जस्ता आन्तरिक एंव वाह्य समस्या का कारण ले गर्न असमर्थ रहयो ।परिणामस्वरूप संविधान ले दिएको सुविधा को उपयोग गर्दै आगामी भदौ मा गर्न लागेको हो ।

नेपाल को प्रजातान्त्रिक आन्दोलन मा अग्रणी भुमिका मा रहदै नेतृत्व गरेको र गरिरहेको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी हो नेपाली कांग्रेस । जहानियाँ राणा शासन देखि निरंकुश राजतन्त्रलाई जनता सामु घुँडा टेकाउन कांग्रेस खेलेको भुमिका लाई इतिहास ले नै गौरवका साथ् मुल्यांकन गरेको छ ।नेपालको राजनीतिक इतिहासमा भए गरेका सम्पुर्ण ठुलठुला राजनीतिक परिवर्तन को नेतृत्व कांग्रेस ले गरेको छ। यसको बेग्लै इतिहास र गौरव छ ,जसको प्रसंशा र विस्तार जरुरी छैन सबैलाई जानकारी नै छ ।यस्तो गौरवमय इतिहासको लामो यात्रा गरेको नेपाल कांग्रेस पछिल्लो समय भने निकै कमजोर , रुग्ण नेतृत्वका सन्दर्भमा भुमिकाहिन अवस्था मा पुगेको अनुभुती आम कार्याकर्ता र नागरिक ले गरेका छ्न । पछिल्ला केही दिन लाई छोडेर ७४ साल को आमनिर्वाचन पछिका दिन कांग्रेसका लागि राजनीति रुपमा खासै सम्झनलायक रहेन्न । चाहे आन्तरिक राजनीतिक गतिविधि का सन्दर्भमा होस या देशको मुल राजनीतिमा खेलेको भुमिका का सन्दर्भमा दुबैमा झन्डै असफल प्रमाणित भयो कांग्रेस ।अब यसैबीच राजनीतिक र प्राकृतिक प्रतिकुलता बीच नेपाली कांग्रेस को केन्द्रिय महाधिवेशन हुन लागि रहेको छ आगामी भदैमा । देश संघीय स्वरुपमा गैसकेको सन्दर्भमा पहिलो पल्ट संघीय ढाचाँ मा अधिवेशन सप्पन्न गर्न गहिरहेको कांग्रेस लाई विवादरहित र सहज वातावरणमा अधिवेशन सम्पन्न गर्न त्यति सजिलो धेरै अप्ठ्यारा हरु को सामना गर्नु पर्ने निश्चित छ । कोभिड १९ को महामारीले झन अरु प्रतिकुलता थपिदिएको छ ।धेरै विवाद र मतभेद हरु यथास्थितिमै छ्न । यसैबीच धेरै नेताहरु ले टुंगो लगाएको भनिएको समस्या को जड मानिएको महाधिवेशन तथा संगठनको प्रस्थान विन्दु ;क्रियाशील सदस्यता वितरण एंव नविकरणको समस्या वरिपरि रहेर केही सम्बोधन हुनै पर्ने बिसयको चर्चा गर्न गइरहेको छु यस लेख मार्फत । धेरै लाई अवगत नै होला यहि समस्याका कारण कांग्रेस ले आफ्ना अघिल्ला, १२औँ र १३ औं लगायतका महाधिवेशनहरु समय मै सम्पन्न गर्न सकेको थिएन ।

नेपाली कांग्रेसको स्थापनाकालदेखि नै प्रयोगमा आएको नेपाल कांग्रेस को सदस्य (सामान्य बोलिचाली को भाषामा साधारण सदस्य ) र क्रियाशील गरी दुई प्रकारका सदस्यता प्रणाली आज पनि विद्यमान छ। सत्तरी वर्षभन्दा अगाडिदेखि प्रयोगमा आएको सदस्यता प्रणालीमा कांग्रेसले आजसम्म कुनै परिवर्तन गरेको छैन ।नेपाली कांग्रेसको विधान २०१७( नवौं संशोधन ) बमोजिम नेपाली कांग्रेस पार्टीमा दुई किसिमका सदस्य रहने गर्छन । पहिलो नेपाली कांग्रेस को सदस्य( साधारण सदस्य ) र दोस्रो क्रियाशील सदस्य । खासगरी नेपाली कांग्रेस को सदस्य (साधारण सदस्य )बन्न का अर्थात सदस्यता प्राप्त गर्न १८ बर्ष पूरा भएको र अन्य दलको सदस्य नरहेको इच्छुक व्यक्ति ले प्राप्त गर्न सक्ने सहितका सामान्य प्रावधानहरु विधानमा व्यवस्था छ । तर क्रियाशील सदस्यका सन्दर्भमा भने केही विशिष्ट प्रावधान राखिएको छ । पार्टी विधान को धारा ४ को उपधारा २ र ३ बमोजिम साधारण सद्स्यता प्राप्त गरेको १ बर्ष पुगेको ,पार्टी को उदेश्य ,नीति ,कार्यक्रम लाई निरन्तर सहयोग पुर्‍याउदै आएको,सक्रियतापुर्वक पार्टीका गतिविधिमा संलग्न रहेको लगायत दश वटा विभिन्न योग्यता ,मापदण्ड हरु लाई आधार मानेको छ ।नेकामा क्रियाशील सदस्यता लाई निकै महत्त्व का साथ हेरिएको पाइन्छन् किन भने कांग्रेस को तहगत संरचना निर्माणको मुख्य आधार नै यहि हो ।क्रियाशील नरहेको व्यक्ति टोल को कार्य समिती बाहेक अन्य कुनै तहमा सदस्य हुन सक्दैन ।अझ स्पष्ट संग भन्दा सबैभन्दा तल्लो मध्यको इकाई गाउँपालिका/नगरपालिका का वडा अधिवेशन पनि क्रियाशील सदस्यबाट मात्र हुने गर्छ । गाउँ ,नगर जिल्ला प्रदेश देखि केन्द्र सम्म नै क्रियाशील सदस्यता प्राप्त नगरेको सदस्य कार्याकर्ताको खास अस्तित्वलाई नेपाली कांग्रेस को विधान ले नै अविस्कार गरेको छ ।यति मात्र हैन क्रियाशील सदस्यता को अवधि को पनि उत्तिकै महत्त्व दिएको छ । विभिन्न तहका कार्यकारी पद को उम्मेदवारी का लागि क्रियाशील सदस्यता को समयासी तोकिएको छ । जस्तैः वडा सभापति उठनका लागि एक बर्ष पहिले क्रियाशील सदस्य हुनु पर्यो ,त्यस्तै गाउँपालिका/नगरपालिका सभापति उठन २ बर्ष ,केन्द्र को सभापति उठनको लागि क्रियाशील सदस्याता ग्रहण गरेको पन्ध्र बर्स पुग्नु पर्यो ।यसरी कांग्रेस मा क्रियाशील सदस्यलाई तुलनात्मक रुपमा साधारण सदस्य भन्दा निकै उचाइ मा राखिएको पाइन्छ जुन न्यायसंगत लाग्दैन ,एउटै पार्टी का कार्याकर्तामा यो किसिमको विभेद । साधारण सदस्य लाई त्यति महत्त्व दिएको पाइदैन । आफनै पार्टी का सदस्य बीच नेपाली कांग्रेस ले जुन विभेदकारी नीति अंगालेको छ त्यो दुर्भाग्य हो । यसको एकमात्र समाधान भनेको एकै किसिमको सदस्यता प्रणाली को व्यवस्था गर्नु नै हो ।विधानले साधारण सदस्यता लिएको एक बर्ष पुगेपछि इच्छुक ले क्रियाशील सदस्यत प्राप्त गर्न योग्य मानेको छ । तर प्रत्येक बर्ष नविकरण हुनु पर्ने क्रियाशील सदस्यता त पाँच बर्ष मा एकपटक हुने परम्परा बसेको पार्टीमा कहाँ बाट नयाँ सदस्य ले इच्छा गरेकै समयमा क्रियाशील सदस्य हुने मौका पाउनु ?वास्तवमा नेपाली कांग्रेस एउटा् ठूलो वृक्ष हो तल रहेका सदस्य हरु यसका जरा हुन जस्ले यसलाई जीवन दिइरहेका छ्न ,हरियाली कायम गर्ने स्रोतका रुपमा काम गरिरहेका छन ,पार्टीलाई टेको अड्याइरहेका छ्न । तिनै जरा- जरा बीच यो किसिमको विभेद तेति औचित्यपूर्ण न्याययोग्य लाग्दैन । यसका पछाडि केही सकारात्मक पक्ष पनि होलान् तर आज को यस प्राबिधिक युग मा आफुलाइ लोकतान्त्रिक भन्ने दलले आफनै कार्याकर्ताप्रती गरेको विभेद असान्दर्भिक देखिन्छ । यसो हुनुका पछाडि कांग्रेस ले विगतदेखि नै नीतिगत एंव कार्यगत कमजोरी गर्दै आएको छ । जस मध्य केही कारण हरु को सामान्य चर्चा गरौं ।

पहिलो पार्टी विधानले अंगिकार गरेको अवैज्ञानिक र विभेदकारी नीति : कांग्रेस को विधान अनुसार अहिले कुनै व्यक्ति( आफ्नो जन्मथलो भन्दा टाढा रहेको ) ले पार्टीको सदस्यता लिन इच्छुक रह्यो भने उसले आफ्नो कर्मभुमी छोडेर मतदाता नामावली मा नाम भएको कहाँ छ उहीँ पुग्नु पर्ने बाध्यता छ । जुन आजको समय मा एकदमै अवैज्ञानिक र असान्दर्भिक मात्रै अन्यायपुर्ण पनि लाग्छ । प्रबिधि को प्रयोग गरेर उसको वैयक्तिक विवरण चेक गरेर जहाँ को तेहि सदस्यता किन नदिने ? पार्टी को सिद्धान्त र कर्म मन परेर सदस्यता लिन खोज्नेको व्यक्तिको अधिक शुद्धता जाच्न कांग्रेस किन चाहान्छ कुरा बुझन कठिन छ । अर्को भनेको विभेदकारी कुरा भनेको दुई किसिमको सदस्यता प्रणाली हो जसको चर्चा मैले माथी गरिसकेको छु ।यस किसिमको विभेदकारी नीति लाई संशोधन गर्न आसन्न महाधिवेशनमा कांग्रेस कार्याकर्ताले आवाज उठाउन खुट्टा कमाउनु हुदैन । नेताहरु ले बडो बुद्धिमता को प्रयोग गर्नु पर्ने हुन्छ । किन भने संगठनको आगमन विन्दु मै यस्तो कठिन र अप्ठ्यारो व्यवस्था ले आगन्तुक कार्याकर्तामा उत्साह र उर्जा भर्न सक्दैन । जसले पार्टी लाई नै अघात पुग्ने हो ।दोस्रो ;सदस्यतामा अस्वाभाविक सिन्डिकेट:कांग्रेस लोकतान्त्रिक पार्टीले आफ्नो सदस्यता सधैंभरि आम नागरिकका लागि खुला राख्नु पर्ने हो ।

प्रायः लोकतान्त्रिक पार्टीहरूमा संसारभरि एउटै प्रकारको सदस्यता प्रणाली प्रचलनमा छ। देशमा विद्यमान कुनै पनि पार्टीको सदस्यता प्राप्त गर्ने नागरिकको अधिकार हो भन्ने कुरा कम्तीमा कांग्रेसजस्तो आफुलाई लोकतन्त्र को पहरेदार भन्ने पार्टीले स्वीकार गर्न जरुरी छ। जुन कुरा प्रति कांग्रेस निकै संकुचित छ । १४औं महाधिवेशनमा क्रियाशील सदस्य को संख्या सतप्रतिशत वृद्धि गर्ने निर्णय ले केही उदार देखी पनि अन्य धेरै प्राविधिक समस्या को समाधान नगरी गरियो को यो निर्णय केवल देखाउने दाँत मात्रै भएको छ भन्ने अनुमान लगाउन कठिन छैन ।कांग्रेसको सदस्यतालाई सधैंभरि सबैका लागि पार्टीका सबै तहमा खुला गर्ने एवं अनलाइनबाट पनि सदस्यता लिन पाउने व्यवस्था गर्ने हो भने पार्टी सदस्यता व्यापक रूपमा बढ्ने नै छ। साथमा विधिपूर्वक अधिवेशन समयमा सम्पन्न गर्नसमेत मद्दत पुग्ने छ। कांग्रेस साँच्चै नै अनुकरणीय प्रजातान्त्रिक पार्टी बन्ने छ। अरू पार्टीहरूलाई पनि यो उदाहरणले लोकतान्त्रिक पार्टीका रूपमा रूपान्तरण हुन सहयोग पुग्ने छ।तेस्रो; स्थानीय नेताको अस्वभाविक र अलोकतान्त्रिक चलखेल : संगठन प्रवेश को प्रारम्भिक चरण मानिने सदस्यता वितरण को प्रारम्भिक अधिकार स्थानिय स्तरको वडा समिती लाई छ । सदस्यता वितरणमा स्थानीयस्तर ठुला मानिने र पदाधिकारी को भुमिकामा आसिन नेता हरु को निकै चलखेल हुने गरेको देखिन्छ ,यो तितो यथार्थ हो। आफू र आफ्नो लाइन (गुट उपगुट) मा रहेका माथिका नेता लाई अनुकुल हुने गरि आफ्ना आसेपासे हरु लाई सदस्यता वितरण गर्ने गरेको पाइन्छ ।

योग्य र संगठन प्रती निष्ठावान कर्मठ ,जिम्मेवार ,इमानदार मान्छे लाई भन्दा पनि भोलि आफुलाइ गाउँ द्खि क्षेत्र, जिल्ला पुर्याउन बाटो सहज बनाउन र आफ्ना नेता लाई पनि सोही बमोजिम केन्द्रमा जाने बाटो अनुकूल बनाउन सहयोग पुर्याउने गरि सदस्यता वितरण मा व्यापक र विकृत चलखेल हुने गर्छ । जसको प्रमाणका लागि अहिले कांग्रेस को वेबसाइट मा प्रकाशित क्रियाशील सदस्यहरु को नामावली हेरेरै प्रष्ट बुझन सकिन्छ । हुनत दावी विरोध का लागी अझ केही समय रहे पनि यस्ता सामान्य कर्मकाण्ड ले यो विकराल लाई निराकरण गर्न सक्दैन ।अत:कांग्रेस को संगठन प्रवेश को पहिलो खुट्किलो मानिएको यो सदस्यता वितरण मा कांग्रेस ले केवल क्रियाशीलको संख्या बढाउने नीति लिएर औषधिमुलो गरे जस्तो गरेर पुग्दैन । यसलाई औषधिमुलो ले पुग्दैन ठुलो अप्रेसनको जरुरी रहेको छ ।त्यसका लागि साधारण र क्रियाशील सदस्य जस्तो विभेद्कारी नीति लाई हटाएर एकै किसिमको सदस्य प्रणाली मा जाने खुला सदस्य प्रणाली मा जानू पर्छ। सदस्यता प्रवेश लाई सदा १२ महिना नै खुला राख्ने इच्छुक ले देश विदेश जहाँ बाट पनि सहज रुपमा सदस्यता प्राप्त गर्न सक्ने अवस्थाको निर्माण गर्नु पर्छ ।पार्टी पदाधिकारी (विशेष गरि तल्लो तहका )मा उम्मेदवार हुन व्यवस्था भएको क्रियाशील सदस्य को अवधी को बारेमा पुनःविचार गर्नु पर्छ । यसलाई संशोधन गर्नु पर्छ । कम्युनिष्ट हरु अहिले टुक्रा टुक्रा को अवस्था मा रहेपनी फेरि आगामी आमनिर्वाचन मा जनता झुक्याउन बामएकता को नारा लिएर जान सक्छन् ,सोझा जनता फेरि झुकिन सक्छन् ,त्यसै यी लाई पराजित गर्न पनि कांग्रेस ले झन्डै ४०,४२ लाख मत ल्याउनु पर्छ ,त्यसका लागि पहिले कार्याकर्ता तयार गरु पर्यो । त्यो भनेकै समान सदस्यता वितरण हो ।अन्यथा यी कुरा हरु लाई कांग्रेस ले मनन गरेन भने कांग्रेस ले इतिहास मा आफ्ना कार्याकर्ता मात्र हैन ठुलो मत र उपलब्धि गुमाउन र चुकाउन पर्छ । सन्तोष रेग्मी बाणगंगा-११ कपिलवस्तु