मौसम खराबका कारण गण्डकीका मुख्यमन्त्री नेपाली मनाङमै अड्किए

प्रकाशित मिति:

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल हेलिकप्टर उड्न नसकेपछि मनाङमै रोकिनु भएको छ । केही दिन देखिको अविरल वर्षाका कारण हेलिकप्टर उड्न नसकेको हो । उहाँ बाढी पीडितलाई राहत वितरण गर्न बिहीबार हेलिकप्टरमा मनाङ पुग्नु भएको थियो ।

नवनियुक्त मुख्यमन्त्री नेपालीले भालि शुक्रबार बिश्वासको मत लिने तयरी छ । तर उहाँ मनाङमै अड्किएपछि बिश्वासको मत लिने कार्यक्रम अन्योलमा परेको छ । मुख्यमन्त्री नेपालीसँगै मन्त्री दीपक मनाङे, प्रदेश सांसद चिन्तबहादुर पनि मनाङमै अड्कीनु भएको छ ।