नेपाली फुटबलको वरीयता सुधार भएकै हो?

प्रकाशित मिति:

भर्खरै फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटमा नेपालले नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा राम्रो खेलेको भनेर तारिफ भयो । नेपाली फुटबल समर्थकको यो लागि खुशीको विषय बन्यो ।  यस्तैमा मंगलबार अर्को खुशीको विषय पनि आयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालको फिफा वरीयता सुधार भएको भन्दै एउटा स्कृनसट सेयर गरे । प्रशिक्षक अब्दुल्लाह अलमुताइरिले पनि त्यसलाई  सेयर गरे । जुन नेपालको लागि साँच्चै खुशीको विषय थियो ।

त्यहाँ फिफा वरीयतामा नेपालले तीन स्थान सुधार गरेको र १६८औं स्थानमा उक्लेको भन्ने आशय थियो । नेपाल यसअघि १७१औं स्थानमा रहेको र अहिले १६८औं स्थानमा उक्लेको त्यहाँ उल्लेख छ ।