शान्ति सेनामा योगदान गर्ने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा पर्न सफल

प्रकाशित मिति:

काठमाडौँ– नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा पर्न सफल भएको छ ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लव पौडेलले राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा नेपाल तेस्रो स्थानमा पर्न सफल भएको जानकारी दिए ।यसअघि नेपाल छैटौं स्थानमा रहेको थियो । शान्ति सेना योगदान गर्ने मुलुकको सूचीमा पहिलोमा वंगलादेश, दोस्रोमा इथियोपिया, त्यसपछि नेपाल, चौथोमा रुवान्डा, पाँचौंमा भारत र छैटौंमा पाकिस्तान रहेका छन् ।

प्रवक्ता पौडेलका अनुसार नेपाल ५६८६ फौजसहित तेस्रो स्थानमा रहन सफल भएको हो ।