गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै, जोगिएला सरकार ?

प्रकाशित मिति:

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव राख्न लागेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर, उनले एक साताभित्रै विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता रहेका पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ।

विपक्षमा एमालेका २७ सांसद रहेका छन्। जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय बनेको छ।