गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव

प्रकाशित मिति:

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । शुक्रबार बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न समय दिएका हुन् ।

संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर, उनले एक साताभित्रै विश्वासको मत लिन लागेका हुन् ।  नेपाली कांग्रेस संसदीय दलका नेता रहेका पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ।

विपक्षमा एमालेका २७ सांसद रहेका छन्। जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय बनेको छ।