गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

प्रकाशित मिति:

काठमाडौं, असार ४ : गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।उनको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको थियो ।

प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता पोखरेल २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थन छ । संविधानको धारा १६८ (५) बमोजिम गठित प्रदेश सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार उनले ६ दिनभित्रै विश्वासको मत लिएका हुन् ।