मिस वर्ल्ड : सेमीफाइनलमा पुगिन् श्रृङ्खला, अब भाग्य र कर्म,सबैले सेयर गरौँ ?

प्रकाशित मिति:

काठमाडौं । चीनमा भइरहेको मिस वल्र्ड (विश्व सुन्दरी) प्रतियोगीताको १३ औं समूह विजेता बन्दै श्रृङ्खला खतिवडा सेमीफाइनल राउन्डका लागि छानिएकी छन् ।

अन्तिम २० जनासँग अब उनले स्पर्धा गर्नुपर्ने हुन्छ । नेपाल सुन्दरी अन्तिम २० मा पुग्न सफल भएको यो सम्भवतः पहिलो घटना हो । एक सय २० जना स्पर्धामा थिए ।

मिस नेपाल श्रृंखला ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बनेकी थिइन् । अब अन्तिम १० जनाका लागि उनले प्रस्तुतीको तयारी गरेकी छन् । उनले भनेकी छन्,‘तपाईहरूका कारण यहाँसम्म पुगेकी हुँ, मल्टिमिडिया अवार्ड बाँकी नै छ ।’

समूह १३ मा रहेकी उनी ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै फाइनल राउन्डमा प्रवेश गरेकी हुन् । उनीसँगै २० सुन्दरी फाइनल राउन्डमा प्रवेश गरेका छन् ।
छोटो भिडियो र त्यसपछि ६ जना प्रतिस्पर्धीबीच सवाल जवाफ गरिएको थियो ।

उनले पाएको मत र दिएको जवाफका आधारमा उनी छनौट भएकी हुन् । अबको स्पर्धा उनको भाग्य र कर्ममा आधारित हुनेछ । मल्टिमिडिया अवार्डका लागि भने भोटको महत्व रहनेछ ।